काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ १० गते बेलुका चार बजेदेखि ५:१५ बजेसम्म बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट २१.०५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
संस्थाले चुक्ता पूँजी ३२ करोड रुपैयाँको २३० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशतले नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ ।
प्रस्तावित लाभांश साधारणसभाबाट पारित पश्चात चुक्ता पूँजी ३८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
1675860616710