IME Life
GBIME

पहिलो दिनमा सुपरमाई हाइड्रोपावरको आइपीओ २ लाख ९३ हजारले भरे

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमा नै करिब ३ लाख जनाको आवेदन परेको छ । बिक्री प्रबन्धकका अनुसार आज साझ ५ बजेसम्ममा २ लाख ९३ हजार जनाले कुल ३३ करोड ४० लाखको लागि आवेदन दिएका हुन् ।कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि भने आइपीओ विक्री गरी बाँडफाँड समेत गरिसकेको छ ।

Crest

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई विक्री गरेको हो ।त्यस्तै, ५ प्रतिशत दरको २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई समेत बाँडफाँड गरिएको कम्पनीको भनाई छ । अब २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ४ लाख १५ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । छिटोमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओ यस अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीले ७ दशमलव ८ मेगाबाट क्षमताको सुपरमाई जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी २०७५ कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS