Connect IPS
IME Life

ओसी ग्रुप सफ्टवेयरले सार्वजनिक गर्याे ‘मेरो डिस्काउन्ट’ एप, उपभोक्तालाई छुटको व्यवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आम उपभोक्तालाई बस्तु देखी सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्य सहित निर्माण गरेको ‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक भएको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी उक्त एप सार्वजनिक गरेको हो ।

‘मेरो डिस्काउन्ट’ नेपालकै एक मात्र अनलाइन मञ्च हो । जलाई ओसी ग्रुप सफ्टवेयर प्रालिले निर्माण गरेको हो । यो एपले स्थानीय व्यवसायीहरूको व्यापार वृद्धि तथा ग्राहकहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत गर्दछ ।

Prabhu
Crest

ओसी ग्रुपले आजबाट सञ्चालनमा ल्याएको मेरो डिस्काउन्ट डटकम उपभोक्तालाई छुट प्रदान गर्ने एप हो । कम्पनीका अनुसार यो एप प्रयोगकर्ताहरूले खरिद गर्ने प्रत्येक वस्तु तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी प्राप्त हुने डिस्काउन्टहरू नगद छुट, प्रोमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुन सक्नेछन् । स्वस्थ्य, स्वच्छ र स्वादिष्ट भोजन होस् वा कुनै स्पाको आनन्द लिन यो एपको प्रयोग मार्फत सुलभ मुल्यमा प्राप्त गर्न सकिन्छ । यस्ता मनोरञ्जनात्मक क्रियाकलाप लागि मात्रै नभई मेरो डिस्काउन्टको प्रयोग गरेर सपिङ मलमा सामानहरू किनमेल पनि सहजै गर्न सकिनेछ ।

मेरो डिस्काउन्टबाट मध्यमवर्गका ग्राहकहरूले पनि स्तरीय सेवा र सुविधाहरू उपयोग गर्न सक्नेछन् । साथै व्यवसायीहरूको विक्री वितरण बढाउन र नयाँ व्यवसायीहरूलाई थप प्रोत्साहन गरी अगाडि बढ्न मद्दत पुग्ने कम्पनीको दाबी छ । मेरो डिस्काउन्टस्सँग जोडिएका विक्रेताहरूले सहजै आफ्ना ग्राहकहरूलाई उनीहरूको इच्छा अनुसारको सेवा र अफरहरू प्रदान गरेर व्यवसायी र ग्राहकहरूबिचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सक्ने कम्पनीले जनाएको छ ।

मेरो डिस्काउन्टस्सँग जोडिएका विक्रेताहरूले सहजै आफ्ना ग्राहकहरूलाई उनीहरूको इच्छा अनुसारको सेवा र अफरहरू प्रदान गरेर व्यवसायी र गढ़ाका बिचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सक्नेछन् । यसका अलावा व्यवसायीहरूलाई व्यापारिक परामर्श समेत दिने काम सो कम्पनीले गर्ने जनाएको छ ।

मेरो डिस्काउन्टसङलाई नै किन व्यवसायीले रोज्ने ? भन्ने प्रश्नमा व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अभिवृद्धि गर्न, वृहत् विज्ञापनबाट व्यवसायलाई प्रवर्द्धन गर्न, सरल तथा सुरक्षित भुक्तानी गर्न। त्यस अलावा समय समयमा अन्तरक्रियात्मक र दृश्य (भिडियो) प्लेटफर्ममा आफूलाई प्रस्तुत गर्न, व्यवसायको निरन्तर अपडेट र अपग्रेड गर्न, बजारको माग अनुसारको विश्लेषण र मूल्य प्रस्ताव गर्न, व्यवसायलाई पेसागत रूपमा अभ्यास गर्न रणनीति निर्माण गर्न र व्यवसायका बारेमा व्यक्तिगत परामर्श लिन समेत यो एपको प्रयोग अनिवार्य रहने कम्पनीले जनाएको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS