Connect IPS
IME Life

मिथिला लघुवित्तले बोलायो १४औं वार्षिक साधारण सभा, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १७ गते १४ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल लालगढ , धनुषामा विहान ११ बजे गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/ ७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

Prabhu
Crest

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १७ करोड ४ लाख ३७ हजारको आधारमा १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले हाल कायम रहेको अधिकृत पूँजी २० करोमा १० करोड थप गरी ३० करोड पुर्‍याउने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

सभाले संरचना परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले अन्य कुनै लघवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पारित गर्ने जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक सदिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

1675568955284 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS