काठमाडौं । समता घरेलु लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
साविक समता लघुवित्त र घरेलु लघुवित्त मर्ज भई एकिकृत कारोबार गरेकोले कम्पनीले कर प्रयोजनका लागि कर छुट हुने हुँदा नगद लाभांश नछुट्याईएको जनाएको छ । २०७८ बैशाख २ गते पछि शेयर खरीद गर्ने लगानीकर्ताले बोनशमा लाग्ने कर आफै तिर्नु पर्ने समेत कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।
1675474142411