Connect IPS
IME Life

प्रथम गभर्नर तथा लुम्बिनी जनरलका संस्थापक अध्यक्ष हिमालयन शम्शेर राणाको निधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रथम गभर्नर तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक अध्यक्ष हिमालयन शम्शेर राणाको निधन भएको छ । राणाको ९५ वर्षको उमेरमा आइतबार विहान ८ बजे निधन भएको हो ।

नेपालमा नेपाली रुपैयाँको चलनचल्ती बढाउन सरकारले राणालाई नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरको रुपमा जिम्मेवारी दिएको थियो । राणा २०१३ बैशाख १४ देखि २०१७ माघ २५ गतेसम्म गभर्नर थिए । राणा अर्थमन्त्रालयको पहिलो सचिव पनि हुन् । उनि २००८ देखि २०१३ सम्म अर्थसचिव थिए ।

Prabhu
Crest

हिमालयन शम्शेर श्री तीन देव शम्शेरका नाती थिए । सोही कारण उनले जन्मँदै कर्नेल उपाधि पाएको थिए। उनी पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रममै थिए। त्यसबेला नेपाल राष्ट्र बैङ्क स्थापना गर्नुको मुख्य उद्देश्य एउटा मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने थियो । २०१३ सालमा नेपालमा द्वध मुद्रा चलन थियो । काठमाडौँ उपत्यका र पहाडमा नेपाली रुपैयाँ चलनचल्तीमा हुने, झापादेखि कन्चपुरसम्मको तराई र भित्री मधेशमा भारतीय मुद्रा चलनमा थियो । सरकारले नै भारतीय रुपैयाँ चलनचल्तीमा ल्याएको हो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो ।

नेपाल राष्ट्र बैङ्क स्थापना भएपछि बैङ्क अफ इग्ल्यिान्डदेखि सबै ठाउँमा खाता खोलियो । र, ब्रिटिसहरूले गोर्खालीहरूको पेन्सनका लागि जुट पाउन्ड साट्न राष्ट्र बैङ्कमा आउन थाले । विदेशी विनियममा पनि हामी आत्मनिर्भर भयौं । आफ्नो कमाइबाट नेपाल आफैले खर्च गर्न सक्ने भयो ।

राष्ट्र बैङ्क स्थापना भएको २०–२५ वर्षसम्म बैङ्कहरूको नियमन र अनुगमन गर्ने कामै भएन । नेपाली मुद्रा कसरी चलाउने भन्नेमै ५ वर्ष लाग्यो, त्यसपछि विदेशी विनियमको काम भयो । त्यसपछि नोट निस्काशनको प्रवन्ध गर्‍यौं । जुद्ध शमशेरको पालामा नेपाली नोट निस्कासन भयो, त्यसबेला कागजको मुद्रा निस्कासन गर्दा सुरक्षा राख्नुपर्ने प्रावधान थिएन । राष्ट्र बैङ्क स्थापना भएपछि नोट निस्कासनको सुप्रबन्ध गरियो। त्यसको अर्थ नोट निस्कासन गर्न सरकारले सीमा तोक्थ्यो । त्यसको ५० प्रतिशत सुन, चाँदी राख्नुपर्ने ऐन नियम बनाए । नोट निस्कासन गरिसकेपछि नोट च्यात्यो, महिल्यो भने त्यसलाई साट्ने प्रणाली थिएन । त्यसको व्यवस्था पनि गरे । जब महेन्द्र महाराजधिराजले संसद विघटन गरेर सत्ता लिए । बहुदलीय व्यवस्थामा विश्वास गर्नेहरु सबैलाई राजा महेन्द्रले अपदस्थ गरे । त्यो अपदस्थमा उनी पनि परे ।

लामो समयदेखि विरामी राणाको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उनका दुई छोरा र दुई छोरी छन् । हिमालयन बैैंकका सिइओ अशोक राणा उनकै छोरा हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS