काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थान लिमिटेडले पाँचौं वार्षिक साधारणसभा गर्ने भएको छ । लघुवित्तको संचालक समितिको बैंठकले यहि फागुन २१ गते पाँचौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा विहान ११ बजे आगन्तुक रिसोर्ट भ्यूटावर मार्ग धुलिखेलमा आयोजना हुनेछ ।
कम्पनीले उक्त सभाबाट हाल कायम चुक्ता पुँजीको ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । साथै लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । साथै लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ति गरिनेछ ।