Connect IPS
IME Life

आजदेखि एचआईडिसिएलले २ करोड २१ लाख अवितरित हकप्रद शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाइड्रोईलेक्ट्रीपसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले यस अघि वितरण नभएको संस्थापक तर्फको शेयर पुनः आजदेखि विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद शेयर फागुन ८ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो ।

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको ३ करोड ३० लाख कित्ता शेयर विभिन्न चरणमा लिलामी प्रक्रियामार्फत विक्री गर्दै आएको छ । यसअघि विभिन्न चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित शेयर पुनः विक्री गर्न लागिएको हो ।

Prabhu
Crest

धितोपत्र दोस्रो बजारमा कम्पनीको लिलामी प्रक्रियाबाट विक्री भएको संस्थापकतर्फको शेयर अन्य संस्थापक उप समूहमा रहने कम्पनीले जनाएको छ । कम्पनीको संस्थापकतर्फको शेयर सर्वसाधारण शेयरकै मूल्यमा खरीद विक्री गर्न मिल्ने कम्पनीले बताएको छ ।

प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको उल्लेखित शेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ५ लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS