काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीको हाल कायम संस्थापक ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत रहेकोमा संस्थापक शेयरधनीको कुल शेयरको १० प्रतिशत शेयर सर्वसाधारणमा परिर्वनत गर्न लागेको हो ।
त्यपछि कम्पनीको शेयर स्वामित्व संरचना संस्थापक ६० प्रतिशत र सर्वसाधारण ४० प्रतिशत कायम गर्ने कम्पनीले जनाएको छ ।