Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले १ हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने तयारी गरेको हो ।

बैंकले निष्काशन गर्न लागेको कुल ५० लाख कित्ता मध्ये ३० लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि २० लाख कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन हुने जनाएको छ । २० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोष योजनाको लागि छुट्याईएकोमा ति योजनाहरुबाट ७० हजार कित्ताको लागि मात्र माग आएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बाँकि रहेको ३० हजार कित्ता सहित सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन हुने बैंकले उल्लेख गरेको छ । ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ । बैंकको ऋणपत्र निष्काशनमा सनराइज क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS