काठमाडौं । नाडेप लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनकिो उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।
1675250159029