काठमाडौं । आदर्श लघुवित्तले गत आथिृक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रहेको छ ।
कम्पनकिो उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।