Connect IPS
IME Life

साना किसान विकास लघुवित्तको नाफा ३४% ले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा ३४ दशमलव ३३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा लघुवित्तले १ अर्ब ४४ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

चुक्ता पूँजी १ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ४३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७ दशमलव ४४ प्रतिशत बढेर ८४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्तले ६१ करोड ८३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।यस्तै लघुवित्तको सञ्चालन मुनाफा पनि ३४।३९ प्रतिशत बढेर ६२ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसा, नेटवर्थ २९४ रुपैयाँ ४९ पैसा र मुल्य आम्दानी अनुपात २२.७१ गुणा बढी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS