काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम भोलि बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गरेकाले भोलि बिहीवार आर्थात माघ १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते २१औं वार्षिक साधारण सभा गर्ने जनाएको छ ।
सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने कम्पनीले जनाएको छ ।