काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । फाइनान्सले संस्थापक शेयरधनी प्रवीण मिश्र भुमिहारको नाममा रहेको १० हजार कित्ता शेयर बिक्रि गर्ने भएको हो ।
भुमिहारले आफ्नो नाममा रहेको शेयर बिक्रि गर्न निवेदन दिएसँगै कम्पनीको संचालक समितिको बैठकले बिक्रि गर्ने प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी वा अन्य व्यक्तिले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागज प्रमाण संकलन गरी खरिद गर्न चाहेको शेयर कित्ता र प्रति शेयर मूल्य खुलाई निवेदन दिन संस्थाले आग्रह गरेको छ ।