काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गरेको छ । संस्थाले आजदेखि फागुन एक गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गर्ने जनाएको छ ।
संस्थाले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६३५ प्रतिशतले हुन आउने २ करोड तीन लाख ३८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । सर्वसाधारण समुहको उक्त शेयर मध्ये १० प्रतिशत अर्थात २० हजार ३३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिसके पछि फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गर्नेछ । यदि पहिलो चरणमा प्रयाप्त आवेदन नपरेमा फागुन १५ गतेसम्म निष्काशन गर्न सक्नेछ ।
सर्वसाधारण समुहको शेयर मध्येबाटै तीन हजार ११७ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्टाएको छ । ५ प्रतिशत अर्थात १० हजार १७० कित्ता सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । यसरी कर्मचारी, सामुहिक लगानीकोष र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बिक्री गरेर बाँकी रहेको एक करोड ६९ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ ।
सर्वसाधारण तथा वैदेशिक रोजगारीमा गएका नेपालीले सि-आस्वा सुविधा प्रदान गर्ने बैंक वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । दुबै समुहका लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सन राइज क्यापिटल रहेको छ ।