Connect IPS
IME Life

भिभोको नयाँ मोडल वाई ०२ सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भिभो, एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ । वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम + ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोन रु १२,४९९ मुल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध छ ।

वाई०२ मा ६.५१ इन्चको एजडी+ डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ ।

Prabhu
Crest

वाई०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने “युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ । वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन । यसको विशाल ५०००एमएएच ब्याट्री, २जीवी + ३२जीवी स्टोरेज लगायतका अद्वितीय क्षमताले वाई०२ लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।”

२ जीवी र्याम + ३२ जीवी रोमको साथमा ५००० एमएएचको विशाल ब्याट्री सुविधा
२.५डी स्लिम बडी डिजाइन दुई आकर्षक रंगमा उपलब्ध – कस्मिक ग्रे र अर्किड ब्लू

शक्तिशाली प्रदर्शन र लामो समय सम्म चल्ने ब्याट्री
भिभो वाई०२ मिडियाटेक पी२२ द्वारा संचालित छ जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ । यसमा २जीवी र्याम + ३२जीवी स्टोरेजका साथै १टिवी सम्म विस्तार गर्न सक्ने क्षमता रहेको छ । यसको ५००० एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कामको लागि पर्याप्त शक्ति प्रदान गर्दछ जहाँ प्रयोगकर्ताहरुले आफुलाई मनपर्ने गित तथा गेमको आनन्द लिन सक्छन् ।

उच्च गुणस्तरका तस्बिरहरूको लागि सुपीरियर क्यामेरा
वाई०२ मा ८एमपी रियर क्यामेरा तथा ५एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरुको क्यामेरा अनुभवलाई सुधार गर्दछ । यसमा फेस ब्यूटी र टाइम–ल्याप्स जस्ता सुविधाहरू छन् जसले दिन–प्रतिदिन प्रयोगकर्ताहरुको शूटिंग अनुभवलाई वृृद्धि गर्दछ । र, परिणाम स्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS