Connect IPS
IME Life

हिमालयन उर्जा विकासले २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीको अधिकृत पुँजी बृद्धि गरी ३ अर्व पचास करोड रुपैयाँ पुऱ्याउने गरी प्रबन्ध पत्रको दफा ६ (क) संसोधन गर्ने निर्णय गरियो र स्वीकृतीको लागी तीन महले सहितको प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको जारी पुँजी बृद्धि गरी तिन अर्व पचास करोड रुपैयाँ पुऱ्याउने गरी प्रबन्ध पत्रको दफा ६ (ख) संशोधन गर्ने र स्वीकृतीको लागी आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

हकप्रद शेयर निश्कासन पछि प्राप्त हुने पुँजी मध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने , कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी विक्री गर्ने अख्तीयार सञ्चालक समितिमा रहने गरी प्रबन्ध पत्रको दफा ५ (च) संशोधन गर्ने र स्वीकृतिका लागि आगामी सभामा पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृती लिई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढाउने जनाएको छ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि हकप्रद शेयर निष्काशन गर्नेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS