काठमाडौं । फरवार्ड माइईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरको छ । कम्पनीले पुस ३० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित (करसमेत) ५ प्रतिशत नगद लाभांश माघ १५ गतेदेखि वितरण गर्न शुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले पुस १७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । हालसम्म बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले आग्रह छ । कम्पनीको शेयर रजिष्ट्रारमा भने एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
सोही सभाबाट कम्पनीले २५ प्रतिशत बोनश शेयर समेत वितरण गर्ने निर्णय गरेको छ । बोनश शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण हुनेछ ।