Connect IPS
IME Life

मकर जितुमायाको आइपिओ आजदेखि निष्काशन, क-कसले दिन पाउछन् आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आजदेखि आइपिओ निष्काशन गरेको छ । कम्पनीले आजदेखि प्रभावित बासिन्दाका लागि ७ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारमा गएका नेपालीका लागि १ लाख ५२ हजार कित्ता निष्कासन गरेको हो ।

जारी पूँजी ७५ करोड रुपैयाँको १० प्रतिशत बराबरको आइपिओ आयोजना प्रभावित दोलखा जिल्लावासीलाई बिक्री खुला गरेको हो । आयोजनाबाट अतिप्रभावित क्षेत्र गौरीशंकर गाउँपालिका वडा नं. ५ र ६ का लागि ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित दोखलाको बिगु गाउँपालिकाका सबै वडाका लागि १ लाख १४ हजार कित्ता छुट्याइएको छ । त्यस्तै यहि मितिबाट कम्पनीले सर्वसाधारणका लागि छुट्ट्याएको शेयरको १० प्रतिशत वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री गर्न थालेको हो ।

Prabhu
Crest

दुबै समुहका आवेदकले न्युनतम १० कित्ताका लागि आवेदन दिन सक्ने छन् । अधिकतमको हकमा स्थानीयहरुले १० हजार कित्तासम्म र वैदेशिक रोजगारमा गएका नेपालीहरुले अधितम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका साथै मेरो शेयरबाट आवेदन दिन पाउने छन् भने स्थानीयहरुले भने दोलखामा रहेका प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, दोलखास्थित सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, माथिल्ला सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, काठमाण्डौस्थित प्रभु क्यापिटल, लक्ष्मी बैंकको चरिकोट तथा सुनखानी शाखामा खरिद आवेदन पेस गर्न सक्नेछन् । प्रभु क्यापिटलले तयार पारेको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

दुबै समुहका लगानीकर्ताले छिटोमा माघ २९ गतेसम्म र यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले दोलखामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा ६.४ मेगावाट क्षमताको सुरी खोला जलविद्युत आयोजना र ७ मेगावाट क्षमताको माथिल्लो सुरी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड २३ लाख पर्ने अनुमान गरिएको छ । कम्पनीको जारी पूँजी ७६ करोड रुपैयाँ रहेको छ जसमा संस्थापकको ७० प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत रहेको छ । यहि सर्वसाधारण समुहका लागि छुट्टाएको शेयरबाटै वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १० प्रतिशत बिक्री गर्न थालिएको हो

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS