Connect IPS
IME Life

नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पन्न गर्यो वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले “सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयक अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । संघले नेपाल धितोपत्र बोर्डद्वारा जारी “सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” को दफा (१५) को उपदफा (७) को अधिनमा रहि संघका सम्पूर्ण सदस्य संस्थाहरुका १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरु, सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा २०७९ साल माघ १३ गतेका दिन काठमाडौंको ठमेलस्थित होटेल एलफ्टमा उक्त कार्यक्रमको आयेजना गरेको थियो ।

सो अभिमुखीकरण कार्यक्रममा २६ वटा मर्चेन्ट बैंकर संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तिय जानकारी इकाईका प्रमुख तथा निर्देशक दीर्घ बहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्फबाट कानून विभागका का.मु. निर्देशक एवं ए.एम.एल तथा सि.एफ.टी शाखाका प्रमुख राजाराम दुवालको उपस्थिति रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS