काठमाडौं । आँधिखोला लघुवित्तको छैठौ वार्षिक साधरणसभा सम्पन्न भएको छ । सभाले संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरेको हो ।
सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलत , नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको जनाएको छ ।
साथै ,सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५८ प्रतिशत कर प्रयोजन सहित ३१ दशमलव ५८ प्रतिशत बोनश शेयर अनुमोदन गरेको छ ।
साधरण सभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए भने कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश के.सीले गरेका थिए ।
लगानीकर्ताहरुको जिज्ञासाको जवाफ सञ्चालक समितिका अध्यक्ष के.सी लगाएत सञ्चालकहरु द्धय सावित्रा दवाडी पौडेल र वुद्धिसागर त्रिपाठीले दिएका थिए ।
संस्थाले ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा कार्यक्रम संचालन गर्दै आएको र पोखरा महानगर पालिका ०९ सभागृहचोकमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था संग मर्जरको लागी नेपाल राष्ट वैंकवाट अन्तिम स्वीकृति प्राप्त भइसकेको र छिट्टै एकिकृत कारोवार सञ्चालन गर्नका लागि सूचना प्रकाशन गर्ने जनाएको छ ।