काठमाडौं । हिमालयन बैंकले तीसौं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डेसनको सहकार्यमा माछापुछ्रे गाउँपालिका–०१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय, कमलादीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
डा. सन्यम बजिमय र वहाँको टोलीको नेत्रित्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा २०७९ साल माघ ४ गते देखि २०७९ साल माघ ६ गते निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुछ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए ।
“रक्तदान–जीवनदान” भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा २०७९ माघ ७ गते शनिबारको दिन कमलादीस्थित केन्द्रिय कार्यालयमा सम्पन्न गरेको हो । करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाए । रक्तदान कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो ।