Connect IPS
IME Life

प्राइम, प्रभु, बीओके र कुमारी बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाडौं । राष्ट्र बैंकले पाँच बैंकलाई कारबाही गरेको छ । शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पृथ्वीबहादुर शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का रहेको बैंक खाताबाट रकम निकाल्न अनुमति दिने र खाता खोल्ने ५ वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

Prabhu
Crest

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा जारी निर्देशन उल्लंघन गरेको आरोपमा कुमारी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, साविकको बैंक अफ काठमाण्डू (बीओके) र नबिल बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैंकले गत पुस २२ गते सम्बन्धित बैंकलाई कारबाहीको पत्र पठाएको थियो । रोक्का खाताबाट पैसा निकाल्न दिने कुमारी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु र बीओके बैंकलाई सचेत गराउँदै ५० /५० लाख रुपैयाँको दरले नगद जरिवाना गरिएको छ भने नबिल बैंकलाई भने राष्ट्र बैंकले सचेत मात्र गराएको छ ।

नविल बैंकलाई खाता रोक्का राख्न निर्देशन दिएपछि पनि नयाँ खाता खोलेको भन्दै राष्ट्र बैंकले अबदेखि यस्तो गल्ति नगर्न भनी सचेत गराउँदै नगद जरिवाना नगरेको हो ,

शाहले शंकास्पद रूपमा विदेशबाट पैसा ओसारपसार गरेको आशंकामा राष्ट्र बैंकले ०७७ चैत १९ मा सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर उनी र उनका निकटतम व्यक्ति र संस्थाका सबै खाता रोक्का गर्न निर्देशन दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS