काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा भने १९ प्रतिशत बोनश र १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गरेको थियो ।अब राष्ट्र बैंकले कम्पनीको वित्तीय विवरण स्वीकृत गरेपछि संस्थाले साधारण सभा गर्नेछ ।
1674794995792