Connect IPS
IME Life

बुद्धभूमि नेपालले आब्हान गर्यो साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले फागुन ५ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाो मिति तय गरेको हो । कम्पनीले एक साथ दुई आर्थिक वर्षको साधारणसभा गर्न लागेको हो ।

त्यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ तथा २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्त तथा २०७९ आषाढ मसान्तको वासलात तथा मिति २०७७ श्रावण १ देखि २०७८ आषाढ मसान्त तथा २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्तिगर्ने र निजको पारिश्रमिक तोक्ने, सर्बसाधारण शेयरधनीहरु ९समूह ख० बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले स्वतन्त्र संचालक नियुक्त गर्ने सम्बन्धमा, कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग लाई अनुमोदन गर्ने सम्बन्धमा, कम्पनीले आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS