Connect IPS
IME Life

एशियन हाइड्रोपावरले बाँडफाँड गर्यो आइपीओ, कसले कति पाए शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले मंगलबार शेयर बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ लाख ४० हजार कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ८४ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । आईपिओको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

क्यापिटलका अनुसार आयोजना अति प्रभावित क्षेत्र अन्तर्गत २५० कित्तासम्म माग गर्ने १२७० जना स्थानीयले २५० कित्ता शेयर पाएका छन् । ३०० देखि २५०० कित्तासम्मको लागि आवेदन दिने १११ जनाले २८० कित्ता शेयर पाएका छन् । २८० कित्ता शेयर पाएका १११ जना मध्ये गोलाप्रथा बाट ३ जनाले १० कित्ता शेयर पाएका छन् ।

आयोजना प्रभावित क्षेत्र अन्तर्गत १० देखि ३० कित्तासम्म आवेदन दिने २३८३ जनाले माग बमोजिम कै शेयर पाएका छन् । ४० देखि ६ हजार कित्तासम्म आवेदन दिने ४३६८ जनाले ३० कित्ता शेयर पाएका छन् । ३० कित्ता शेयर पाएका ४३६८ जना मध्ये गोलाप्रथाबाट २२३६ जनाले थप १० कित्ता शेयर पाएका छन् । विदेशमा रहेका नेपाली श्रमिक तर्फ ८५९२ जना योग्य रहेकोमा ८ हजार ४ सय जनाले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् ।

क्यापिटलले आईपिओममा नपरेको पैसा लगानीकर्ताले आवेदन दिंदा उल्लेख गरेको बैंक खातामा फिर्ता गरिने जनाएको छ । बैंक मर्ज भएर खाता नम्बर परिवार्तान्भाएको भए त्यसको जानकारी दिन समेत क्यापिटलले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS