काठमाडौं । कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डे मानव बेचबिखनमा पनि दोषि ठहर भएका छन् । बाल यौन दुर्व्यवहार र मानव बेचबिखनका मुद्धा खेपिरहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले दोषि ठहर गरेको हो ।
पाण्डेलाई मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले दुवै कसुरमा दोषि ठहर गरेका हुन् । पाण्डे विरुद्ध २०७० सालमा एक किशोरीमाथि बाल यौन दुर्व्यवहार र शारिरिक शोषण गरेको आरोप लागेको थियो । गत जेठदेखि प्रहरी हिरासतमा रहेका पाण्डेलाई मानव बेचबिखन मुद्धामा दोषि ठहर गरेपनि सजाय निर्धारण गर्न माघ २३ गते पेशी तोकिएको छ ।
बाल यौन दुर्व्यवहार तर्फको मुद्धामा भने ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पिडीतलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन अदालतले फैसला सुनाएको हो ।