काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको कारण नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम स्पष्टिकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको थियो ।
साथै संस्थाले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याने स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आजदेखि कम्पनीको शेयर कारोबार फुकुवा गरेको जनाएको छ । अब कम्पनीको शेयर दोस्रो बजारमा भोलिदेखि कारोबारमा आउनेछ ।