Connect IPS
IME Life

साना तथा मझौला उद्यमीलाई ऐन, निति व्यवस्थाबारे जानकारी दिन नेपालमा पहिलो पटक एसएमइ सम्मेलन सम्पन्न,

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय सम्मेलन सम्पन्न भएको छ । महासंघले सम्भवत नेपालमै पहिलो पटक यस प्रकारको सम्मेलन आयोजना गरिएको हो । एकदिने उक्त सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल रहेको थिए भने कार्यक्रमको सभाध्यक्षको रुपमा महासंघका अध्यक्ष शेखर गोल्छा रहेका थिए ।

अर्थ मन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गर्दै सम्मेलनले गहकिला तथा महत्वपूर्ण तथ्यहरुको निष्कर्स निकालेमा नेपाल सरकार तथा अर्थमन्त्रालयले त्यसप्रति छलफल गर्ने बताए । नितिगत अष्पष्टता एवम प्रक्रियागत दृष्टिकोणमा रहेका झन्झट हटाउउन, सेवा प्रवाह बढाउन, पारदर्शिता बढाउनका लागि सरकारले यस सम्मेलनबाट अपेक्षा लिएको उनको भनाई छ । साथै निजि क्षेत्र कर बुझाउन जाँदा कर्मचारीले हैरानी दिएको भन्ने कुरा आएकोले अर्थमन्त्रालयमा जानकारी दिए दुख दिने कर्मचारीलाई कारबाहिको दायरामा ल्याउने समेत उनले बताए ।
सम्मेलनका सभाध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजि उद्योग क्षेत्रलाई सरकारले अझै सोचे जस्तो सहयोग नगरेको बताउ । आकारमा सानो भएतापनि नेपालको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रले ५.६ प्रतिशत योगदान दिदै आएको छ । जसमध्ये ९० प्रतिशत घरेलु तथा साना उद्योगको योगदान रहेको छ । तर अझैपनि नितिगत अष्पष्टता, प्रक्रियागत झन्झट रहेकोले यो क्षेत्र थप विस्तार हुन नसकेको अध्यक्ष गोल्छाको भनाई छ ।

Prabhu
Crest

घरेलु तथा साना उद्योग क्षेत्रको विकास र प्रवद्र्धनका लागि उक्त सम्मेलनको आयोजना गरिएको महासंघले जनाएको छ । सम्मेलनमा नेपाल सरकारको प्रतिनिधित्वको रुपमा अर्थमन्त्री पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतम, सहसचिव गोविन्द बहादुर कार्की, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, लगाएतको उपस्थिति रहेको थियो । साथै सम्मेलनमा अन्तराष्ट्रि संस्था आइएलओ नेपालका तर्फबाट जोनि सिम्पसोन, आइएफसीका बाबाकार फाए तथा युनिसेफका नेपाल प्रतिनिधित्व इल्के वीस्च लगाएतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै नेपाल घरेलु तथा साना उद्योग महासंघ, फेयर ट्रड, गोरखा टि सेन्टर लगाएत विभिन्न व्यवसायिक सघं संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । माघ ९ गते आयोजना गरिएको उक्त सम्मेलन होटल हिमालय, कुपण्डोलमा आयोजना गरिएको थियो ।

साना तथा सझौला उद्यमीलाई ऐन, निति तथा कार्यविधिमा भएका व्यवस्थाका बारेमा जानकारी दिने उदेश्यका साथ आयोजना गरिएको सम्मेलनमा विभिन्न क्षेत्रका उद्यामीहरुको उपस्थिति रहेको थियो । सहभागी उद्यामीहरुको जिज्ञासामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले प्रस्तुति दिएका थिए । नेपालका व्यवसायीले गुणस्तरमा विचार पुर्याउन नसक्दा कतिपय नेपाली उत्पादनले बजार पाउन नसकिरहेको उनले बताए । तथापि सरकारले साना तथा मझौला उद्योगलाई प्रोत्साहन दिनका लागि छुट सुविधाको व्यवस्था गरेपनि लागू गर्न नसकिएको उनको भनाई छ ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो अनुभव प्रस्तुत गरेका थिए भने विभिन्न प्यानल डिसकसन मार्फत उद्यमी र निति व्यवस्थामा पहुँच भएका व्यक्तित्यबीच छलफल गराएको थियो । यसका साथै वस्तु बजारीकरण, निर्यात तथा वित्तिय पहुँच बारे छुट्टाद छ्ट्टै छलफल गरिएको थियो ।

केन्द्रिय तथ्याङ्क विभाग, राष्ट्रि आर्थिक गणना २०१८ अनुसार नेपालमा ठूला, मझौला तथा साना गरि कुल ९ लाख २३ हजार २७ उद्योग व्यवसाय रहेको छ । जसमा ४ लाख ६२ हजार ६०५ दर्ता भएको र ४ लाख ६० हजार ४२२ विना दर्ता सञ्चालनमा रहेको छ । जसमध्ये लघु उद्यम ४१ ह्जजार ९९, साना व्यवसाय ४ लाख ८८ हजार २३९, घरेलु उद्योग २३ हजार ३७४ र ठूला उद्योग ८ हजार ७६४ वटा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS