काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड बरारबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले ९१ दिनको लागि ३ अर्ब ६० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यस ट्रेजरी २०८० बैशाख १२ गते परिपक्व हुनेछ । त्यस्तै १ वर्षको लागि ७ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यस ट्रेजरी २०८० माघ ९ गते परिपक्व हुनेछ ।