काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३७५ कित्ता संस्थापक शेयर भोलि माघ १० गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३८० रुपैयाँ मूल्य तोकेर माघ २४ गतेसम्मका लागि उक्त शेयर विक्रीमा ल्याएको हो । यस शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।