Connect IPS
IME Life

गोर्खाज फाइनान्सको नाफामा उल्लेख्य बृद्धि हुँदा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २४६ दशमलव ९७ प्रतिशत अर्थात् ३ दशमलव ४ गुणा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ९३ लाख खुद नाफा कमाएको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा ६ करोड ७१ लाख नाफा कमाएको छ । चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको हो ।

Prabhu
Crest

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी १८० प्रतिशत र सञ्चालन नाफा २८२ प्रतिशत वृद्धि भएको छ । उक्त अवधिमा कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४६ पैसा रहेको कम्पनीको चालू आर्थिक वर्षमा १५ रुपैयाँ ४७ पैसा पुगेको छ । कम्पनीको चुक्ता पूँजी ८६ करोड ७९ लाख रहेको छ ।

कम्पनीले चालू आर्थिकको दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा ७३ करोड २९ लाख रहेको छ । रिटेन्ड अर्निङमा २ करोड ४९ लाख र शेयर प्रिमियममा २ करोड २३ लाख सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ करोड ४९ लाख रहेको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात ३७ दशमलव ४९ गुणा,तरलता अनुपात ३१ दशमलव ९७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ८९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

0%

दु :खी

57%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS