Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकको नाफा ६३ करोड ६२ लाखमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आथिृक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३ दशमलव ९६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ रहेको छ।यस अवधिमा बै.कको जगेडा कोषमा रकम गत आथिृक वर्षको तुलनामा ७ दशमलव २३ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा बैंकको निक्षेप संकलन ४ दशमलव ४३ प्रतिशत बढेको छ भने कर्जा लगानी ६ दशमलव २० प्रतिशत बढेको छ।

Prabhu
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३ दशमलव ३७ प्रतिशतले बढेको छ । कुल सञ्चालन आम्दानी २२ दशमलव ७५ प्रतिशतले बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३ दशमलव ९६ प्रतिशत मात्र बढेको छ। यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४१ लाख रुपैयाँबाट बढेर ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १ रुपैयाँ ७९ पैसा घटेर १९ रुपैयाँ ५१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS