IME Life
GBIME

तारागाउँ रिजेन्सी होटल्सले बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले फागुन ३ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । गत पुस २६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौंमा विहान ११ बजे गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत (लाभांश कर सहित) ले हुने रकम १५,८८,७६,१२६( नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

सभाले आर्थिक वर्ष २०७८ /७९ (२०२१ / २०२२) को सञ्चालक समितिको २६औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७८ /७९ (२०२१ / २०२२) को वित्तिय विवरणहरु वासलात, नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण र लेखा टिप्पणीहरु स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

आर्थिक वर्ष २०७९ /८० (२०२२ / २०२३) को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, समूह क तारागाउँ विकास समितिबाट सोही समितिको पत्र बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक श्री सुरेश राज जोशीको नियुक्ती, समूह ख बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक श्री अरुण कुमार सराफ, श्री सुरेश लाल श्रेष्ठ र श्री देवेश सराफको पुनः नियुक्ती र कम्पनी ऐन, २०६३ को दफा ८६ (३) बमोजिम स्वतन्त्र सञ्चालकहरुमा श्री श्रीवत्स शम्शेर जव.राणा र श्री मनोज प्रसाद राजभण्डारी ज्यूको पुनः नियुक्तीलाई अनुमोदन गर्नेछ ।

कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम कम्पनीका सम्पूर्ण शेयरधनी महानुभावहरुलाई चुक्ता पूँजीको ८.४२ प्रतिशत (लाभांश कर समेत) नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS