Connect IPS
IME Life

कृति भेन्चर फण्डले बोलायो विशेष साधारण सभा, आइपीओ निष्काशनको प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले माघ २२ गते विशेष साधारण सभा आयोजना गर्ने जनाएको छ । गत माघ ४ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यालय, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

कृति भेन्चर फण्डले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव सहित उक्त सभा आयोजना गर्न लागेको हो । कृति भेन्चर फण्ड लिमिटेडको मुख्य लगानीकर्ता टिम भेन्चर प्रालि हो ।

Prabhu
Crest

फण्डले १ बराबर शून्य दशमलव ४० को अनुपातमा ८ लाख कित्ता हकप्रद शेयर पुस ३० गतेदेखि विक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको उक्त हकप्रद शेयर खरीदका लागि फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर खरीदका लागि कम्पनीको रजिष्टर्ड कार्यालय बागदरबार, काठमाडौंबाट दरखास्त फारम लिई बैंकमा रकम जम्मा गरेको भौचरसमेत राखी पठाउनुपर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS