Connect IPS
IME Life

प्रभु बैंकको खुद नाफामा गिरावट हुँदा अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्म १ अर्ब १९ करोड ९९ लाख खुद नाफा आर्जन गरेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी पुस २६ गतेदेखि एकीकृत कारोबार गरेको यस बैंकको खुद नाफा गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा करिब ५ प्रतिशतले गिरावट देखिएको छ । गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब २६ करोड २० लाख खुद नाफा आर्जन गरेको थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा १२ दशमलव ५० प्रतिशतले घटेको छ । गत वर्ष १ अर्ब ८६ करोड ८१ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ६३ करोड ४१ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको छ ।

Prabhu
Crest

दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रहेको छ । जगेडा कोष रकम भने ९ अर्ब ८ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

कम्पनीको निक्षेप संकलन गत वर्षकोभन्दा ५१ दशमलव ६५ प्रतिशत बढी र कर्जा प्रवाह ६८ दशमलव ७९ प्रतिशत बढी भएको छ । यस वर्ष कम्पनीले २ खर्ब ७० अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब ३८ करोड कर्जा लगानी गरेको छ ।

गत वर्ष १ दशमलव २३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा अुनपात यस वर्ष १ दशमलव ९८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १० रूपैयाँ १९ पैसा रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ १२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS