काठमाडौं । कुमारी बैंकका ग्राहकले माया लाउन्ज एण्ड रेस्ट्रोमा छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै यस्तो गरेको हो । सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त रेस्ट्राको माछापोखरी र मध्य वानेश्वोर शाखाबटा खाना र पेय पदार्थ शुल्कमा १० प्रतिशत र विभिन्न भेला वा समारोहमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।