Connect IPS
IME Life

एनआइसी एशिया बैंकको ब्याजदर परिमार्जन, अब कुन खातामा कति पाइन्छ ब्याज ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । बैंकले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गरेको थियो । उक्त ब्याजदरमा आलोचना आएपछि बैंकले ब्याजदर परिमार्जन गरेको हो ।

बैंकले व्यक्तिगत मुद्दती अन्तर्गतको खाताहरुको ब्याजदर घटाएको हो । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ मुद्दती खाताको ब्याजदर ११ प्रतिशत कायम गरेको छ । यसअघि बैंकले सार्वजनिक गरेको व्याजदरमा ११.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

Prabhu
Crest

साथै बैंकले मासिक निक्षेप खाताको पनि ११ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले सो खातामा पनि ११.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । साथै बैंकले सर्वश्रेष्ठ रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर पनि १२.४२ प्रतिशतबाट परिमार्जन गरी १२ प्रतिशत कायम गरेको छ ।

साथै तीन महिनादेखि ५ वर्षसम्म अवधिको लागि व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले यसै खाता अन्तर्गत व्यक्तिगतमा ११.४२ र संस्थागततर्फ ९।.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

17%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS