काठमाडौं । खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. कलेज (प्लस टु)ले अन्तर कलेज प्लस टु सिक्स ए साइड चौथो फुटसल प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने भएको छ ।
कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ । यही माघ २० गतेदेखि २२ गते तदअनुसार फेब्रुअरी ३ देखि ५ सम्म ऐतिहासिक रूपमा सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।
डि.ए.भी. कलेजले फुटसल प्रतियोगिता आयोजना गर्ने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/01/Screenshot_9-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)