Connect IPS
IME Life

प्रदेश १ मा उद्यम लक्षित ५ महिने “आध्यन्त एक्सिलेरेटर कार्यक्रम” सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषि उद्यमहरूलाई लक्षित गर्दै “आध्यन्त एक्सिलेरेटर कार्यक्रम” विराटनगरमा पत्रकार सम्मेलन गर्दै सुरुवात गरिएको छ ।

विराटनगरस्थित बिग होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, प्रदेश कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेल, प्रदेश लगानी प्राधिकरणका सिइओ डा. सरोज कोइराला, सहज कार्यक्रमका टिम लिड रिक भान डेर क्याम्प र आध्यन्तका संस्थापक मनोज पौडेलले मन्तव्य व्यक्त गरेका थिए । यससंगै कार्यक्रममा सहभागी हुनको लागि प्रदेश नं. १ का कृषि उद्यमीहरूबाट आवेदन आव्हान गरिएको छ । साथै प्रदेश न. १ मा लगानी प्रवर्धनका लागि प्रदेश लगानी प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, सहज परियोजना र आध्यन्त बीच औपचारिक समझदारी गर्ने प्रक्रिया अगाडी बढेको संस्थापक पौडेलले बताए ।

Prabhu
Crest

यसअघिका एक्सिलेरेटर कार्यक्रमहरू राजधानीमा मात्र केन्द्रित हुने गरेको गुनासोबीच आध्यन्त एक्सिलेरेटर कार्यक्रम नेपालमै पहिलो पटक राजधानी बाहिर, प्रदेश १ लाई केन्द्रित गरेर हुन लागिरहेको हो । यसबाहेक नेपालमै पहिलो पल्ट सार्वजनिक निजी साझेदारीको मोडलमा एक्सिलेरेटर कार्यक्रम सञ्चालन हुन गइरहेको हो । यसमा प्रदेश सरकारको तर्फबाट प्रदेश लगानी प्राधिकरण, निजी क्षेत्रको सबैभन्दा ठूलो र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई समेटेका छौं ।
प्राप्त आवेदानहरूबाट १० वटा उद्यमीहरुलाई छनौट गरि १२ हप्ता सम्म पूँजी, बजार पहुँच, र विविध प्राविधिक लगायतका आन्तरिक चुनौतिहरू केन्द्रित परामर्श प्रदान गरिने छ ।

यस एक्सेलेरेटर कार्यक्रमले व्यवसायिक वृतमा रहेका विभिन्न सरोकारवालाहरूले एक आपसमा गर्ने अन्तरक्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने विश्वास गरिएको छ । साथै यसले उद्यमीहरूलाई उनीहरूको व्यवसायिक पर्यावरणभन्दा बाहिरको सहयोग र स्रोतहरूको साथै सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जाल सम्म पहुँच समेत प्रदान गर्नेछ । आवेदनका लागि मिति २०७९ माघ ४ गते देखि १८ गते सम्म खुला गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS