काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले विमानस्थलहरु, ऐतिहासिक स्थल, पर्यटकीय गन्तव्यका स्थल तथा सार्वजनिक सौचालयहरुमा दैनिक सरसफाई गर्न निर्देशन दिएका छन् ।
नेपाल प्रवेश गर्ने पहिलो ढोकाको रुपमा रहेको अन्तराष्ट्रिय विमानस्थलहश्र, पर्यटकीय गन्तव्यहरु, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरु, सङ्ग्राहलयहरुको मापदण्ड अनुरुप दैनिक सफाइ हुनुपर्ने उनी बताउँछन् । साथै मन्त्रालय मातहतका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक धरोहर, हवाई एवं पर्यटकीय क्षेत्रहरु लगायत विमानस्थल तथा अन्य संरचनाहरु संवेदनशील क्षेत्रमा पर्ने हुँदा यसको सफाई र संरक्षण गर्न अपरिहार्य रहेको मन्त्री किरातीको भनाई छ ।
साथै, मन्त्री किरातीले सर्वसाधारणले प्रयोग गर्ने शौचालयको समेत नियमित सरसफाई गरी स्वच्छता कायम गर्न एवं परिणाम देखिने कार्य सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।