Connect IPS
IME Life

सगरमाथा जलविद्युतले आजदेखि प्रभावित र विदेशी श्रमिकलाई आइपिओ निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा गएका श्रमिकहरुका लागि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ४ लाख ३६ हजार कित्ता शेयर निष्काशन गरेको छ ।

आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाबासीले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । त्यस्तै वैदेशिक रोजगारमा गएका नेपालीहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । दुबै समुहका लगानीकर्ताले छिटोमा यहि माघ १९ गतेसम्ममा आवेदन दिन पाउने छन् । यो अवधिमा माग बराबरको लागि आवेदन नपरेमा ढिलोमा फागुन ५ गतेसम्म आवेदन खुला राख्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

वैदेशिक रोजगारमा गएका नेपालीहरुले सि-आस्वा प्रदान गर्ने सम्पुर्ण बैंक वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् भने प्रभावित बासिन्दाले इलाम जिल्लामा रहेका प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम बैंकमा खरिद आवेदन पेस गर्न सक्नेछन् । त्यस्तै प्रभावितले प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS