Connect IPS
IME Life

कालिञ्चोक दर्शनको आईपीओमा दुई दिनमै पर्याे करिब ८ लाखको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा ७ लाख ८४ हजार ६३२ जनाको आवेदन परेको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्मका लागि सर्वसाधारणमा आईपीओ बिक्रि खुल्ला गरिएको थियो ।

आईपीओ निष्काशन गरेको दोस्रो दिनमै कम्पनीले बिक्रि गरिएको आईपीओ कित्ताभन्दा १० गुणा बढी कित्ताको माग भएको छ । हाल ७ लाख ८४ हजार ६३२ जनाले ९२ लाख ३६ हजार ९५० कित्ता शेयरका लागि आवेदन परेको छ ।

Prabhu
Crest

कम्पनीले आफ्नो जारी पूँजीको ६० करोडको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । जसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजारीमा गएकालाई निष्काशन गरिसकेको छ ।

साथै ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक नागरिक लगानी कोषमा बाँडफाँड गरिएको । दुई प्रतिशत कर्मचारीका लागि छुट्याएको छ भने बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्ता शेयर भने सर्वसाधारण नेपालीका लागि छुट्याएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS