काठमाडौं । कालिका इनर्जी लिमिटेडको वार्षिक साधारणसभा यहि माघ १० गते हुने भएको छ । कम्पनीले उक्त सभा माघ १० गते विहान ११ बजे कम्पनीको कर्पाेरेट अफिस बालुवाटार काठमाडौंमा सम्पन्न हुने जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको तर्फबाट पेश भएको प्रतिवेदन छलफल तथा पारित गर्ने, आ.व.२०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल तथा पारित गर्ने, आ.व.२०७८/०८० का लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ । साथै संचालक समितिको गठन गर्ने, कम्पनी सचिवको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा वार्षिक साधारणसभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने कम्पनीले जनाएको छ ।