काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ औं वार्षिक साधारणसभा डाकेको छ । उक्त सभामा कम्पनीले घोषणा गरेको ८ दशमलव ४२१ प्रतिशत बोनस प्रस्ताव गर्नेछ ।
कम्पनीका अनुसार यहि माघ २५ गते शुक्रबार साधारणसभा गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । साथै उक्त सभाको प्रयोजनार्थ माघ १८ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।
कम्पनीले २०७८ ०७९ को सञ्चीति सहितको मुनाफाबाट ८ प्रतिशत बोनश शेयर तथा ० दशमलव ४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको थियो ।