काठमाण्डौं । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ का इकाइहरु आज विहान ११ बजे बाँडफाँड गरिने भएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँड हुनेछ ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको ‘एनआईबिएल म्युचुअल फन्ड’का इकाइहरु गत पुस ७ गतेदेखि पुस २१ गतेसम्म बिक्री खुला गरिएको थियो । सार्वजनिक निष्कासन अवधिभरमा यस योजनामा ४५ लाख ८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताबाट कुल १ अर्ब ३२ करोडभन्दा बढीको इकाइ खरिदका लागि आवेदन परेको छ ।
दसवर्षे समयावधिका लागि जारी गरिएको ‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु दोस्रो बजारबाट सजिलै खरिद बिक्री गर्न सकिनेछ ।