काठमाडौं । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नगद लाभांश वितरण गरेको छ । पुष ७ गते सम्पन्न ३६ औं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने नगद लाभांश हितग्राहीको खातामा जिम्मा गरेको बैंकले जनाएको छ ।
बैंकले २०७९ मंसिर २० सम्म आफ्नो हितग्राही खाता अद्यावधिक गराएका शेयरधनीको हकमा नगद लाभांश जम्मा गरिसकेको छ । बैंकले मंसिर २१ देखि साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको थियो । मंसिर २० गतेसम्म कारोबार भई २९ गतेभित्र बैंकको शेयर रजिष्टार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त नामारीको लिखितको आधारमा शेयरधनीलाई नगद लाभांश वितरण गरेको बैंकले जनाएको छ ।
साथै, हितग्राही खाता अद्यावधि नगरेका शेयरधनीलाई तत्कालै अद्यावधि गर्न अनुरोध गरेको छ ।