काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको ४५९ औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । साथै पुष २९ गते सम्पन्न १५ औं साधारणसभाबाट श्रेष्ठलाई संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकको रुपमा निर्वाचित गरेको थियो ।