काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल गोरखा बिसौनी गोरखा नगरपालिका–६, गोरखामा शनिवार सम्पन्न भएको हो ।
सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले लघुवित्त भविष्यमा कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।